Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१ हजार ८९ जनामा संक्रमण पुष्टि हुँदा २० जनाको मृत्यु, १,५३८ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ०८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १ हजार ५३४ जना संक्रमणमुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १७० जनाको पीसीआर परीक्षणमा ९७६ र २ हजार ८०१ को एन्टिजेन परीक्षणमा ११३ जना गरी १ हजार ०८९ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ६९ हजार २७१ जना पुगेको छ ।

जसमध्ये २९ हजार ०८१ जना होम आइसोलेसनमा र २ हजार १६७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १० हजार ८३८ जनाको मृत्यु भएको छ ।

यसअघि हिजो शनिबार १,२६८ जना संक्रमित थपिँदा ९ जनाको मृत्यु भएको थियो भने  २,१९५ जना डिस्चार्ज भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077