Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एकीकृत समाजवादीमा नेताको जिम्मेवारी बाँडफाँड : कसलाई के जिम्मा ?

    एकीकृत समाजवादीमा नेताको जिम्मेवारी बाँडफाँड : कसलाई के जिम्मा ?

    अनलाइन नेपाल
  • सोमबार, २१ भाद्र २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले नेताको जिम्मेवारी बाँडफाँड गरेको छ। एकीकृत समाजवादी पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन–१ मा नेताको जिम्मेवारी बाँडफाँड गरिएको उल्लेख गरिएको छ।

    पार्टीले सात सदस्यीय स्थायी कमिटी गठन गरेको छ। तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएर नेकपा बनेपछि स्थायी कमिटीमा रहेका नेता एकीकृत समाजवादी पार्टीको स्थायी कमिटीमा राखिएको छ। स्थायी कमिटीमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, डा। बेदुराम भुसाल र प्रमेश हमाल स्थायी कमिटी सदस्य रहेका छन्।



    यस्तै पार्टीको दैनिक कार्य सम्पादन गर्नका लागि डा. बेदुराम भुसालको संयोजकत्वमा सचिवालय गठन भएको छ। सचिवालयको सदस्यमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहेका छन्। पार्टीको प्रचार विभाग प्रमुख एवं प्रवक्तामा जगन्नाथ खतिवडा चयन भएका छन्।



    यसैगरी पार्टी केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी डा।गंगालाल तुलाधरलाई दिइएको छ। एकीकृत समाजवादी पार्टीले प्रदेशको पार्टी कामलाई संयोजन गर्नका लागि प्रदेश इन्चार्ज समेत तोकेको छ।

    प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बाग्मती प्रदेशमा केदार न्यौपाने गण्डकी प्रदेशमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशमा भागवत विश्वासी, कर्णाली प्रदेशमा प्रकाश ज्वालालाई प्रदेश इन्चार्ज तोकिएको छ। सुदूरपश्चिम प्रदेशको इन्चार्जपछि तय गरिने अध्यक्ष नेपालद्वारा जारी अपानीमा उल्लेख गरिएको छ।

    यस्तै उपत्यका विशेष प्रदेश कमिटीको इन्चार्जमा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेश कमिटीको इन्चार्जमा विजय गुरुङ, मोर्चा इन्चार्जमा डा। विजय पौडेल चयन भएका छन्।

    प्रवास क्षेत्रको इन्चार्जमा श्रीप्रसाद शाह, अदालत र निर्वाचन आयोगसम्बन्धी काम हेर्ने जिम्मेवारीमा राजेन्द्र पाण्डे, विजय पौडेल र रामकुमारी झाँक्रीलाई तथा संसदीय कामको जिम्मेवारीमा विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ र ठगेन्द्र पुरीलाई जिम्मेवारी दिइएको छ।

    दस्तावेज मस्यौदा कमिटी गठन

    यसैगरी अपानीमा राजनीतिक प्रतिवेदनलगायतका दस्तावेजको मस्यौदा गर्नका लागि वरिष्ठ नेता झलनाथ खनालको संयोजकतत्वमा मस्यौदा समिति गठन भएको छ। निकट भविष्यमा आयोजना गरिने पार्टीको राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनलगायतका दस्तावेज मस्यौदा दस्तावेज मस्यौदा कमिटी गठन गरिएको छ।

    समितिको सदस्यमा डा. बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा। गंगालाल तुलाधर, डा। विजय पौडेल, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, सावित्रा भुसाल, रामकुमारी झाँक्री, राजेन्द्र राई र गणेश विक रहेका छन्। यसै समितिले तयार गरेको दस्तावेजअनुसार निर्वाचन आयोगमा पेस गरिएका दस्तावेज समेत परिमार्जन गर्ने काम गरिनेछ।

    पार्टी गठनको यस्तो छ कारण

    ‘नेपाली कम्युनिस्ट आन्दोलनलाई निरंकुश एवं स्वेच्छाचारी प्रवृत्ति, व्यक्तिवादी अहंकारवाद, गुटबन्दी र दक्षिणपन्थी अवसरवादको भासमा डुब्नबाट बचाउन र क्रान्तिकारी धारको रक्षा एवं विकास गर्नका लागि यसको पुनर्गठन र रूपान्तरण गर्ने उद्देश्यले गरिएको ऐतिहासिक विद्रोहबाट नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को उदय भएको छ’ एकीकृत समाजवादीले अपानीमा उल्लेख गरेको छ।

    नेकपा (एमाले) को २०७१ साल असारमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनले मुलुकमा आएको राजनीतिक परिवर्तनमा टेकेर समाजको आर्थिक–सामाजिक एवं सांस्कृतिक रूपान्तरण गर्दै समाजवादका आधार निर्माण गर्ने कार्यदिशा तय गरेको थियो। तर, उक्त महाधिवेशनबाट पार्टीको केन्द्रीय अध्यक्षमा निर्वाचित केपी ओलीबाट महाधिवेशनको दिशानिर्देशअनुरूप काम नभएको आरोप लगाइएको छ।

    ओलीले पार्टीका नीति, सिद्धान्त र विचार सबै परित्याग गरेको आरोप एकीकृत समाजवादी पार्टीले आरोप लगाउँदै पार्टीलाई विधि र पद्धतिअनुसार होइन स्वेच्छाचारी ढंगले चलाएको उल्लेख गरेको छ।

    कम्युनिस्ट पार्टी नीति प्रधान हुनुपर्नेमा नेता प्रधान बनाएको र व्यक्तिवादी अहंकारवाद हावी भएको निष्कर्ष एकीकृत समाजवादी पार्टीको रहेको छ। पार्टीलाई दक्षिणपन्थी अवसरवादको दलदलमा धकेल्दै लगिएको, आफूहरूले उक्त गलत विचार र व्यवहारविरुद्ध अन्तरपार्टी संघर्ष चलाउँदै अध्यक्ष नेपालले जनाएका छन्।

    ‘२०७५ जेठ ३ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बिच एकता गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गठन गरिएको थियो। त्यस पार्टीका दुई अध्यक्षमध्ये एक केपी ओलीले फेरि पनि पार्टीलाई नीति र विधिअनुसार नचलाउने र दक्षिणपन्थी अवसरवादको दिशामा धकेल्ने र व्यक्तिवादी ढंगले चल्ने कार्य नै गरिरहे’ अपानीमा भनिएको छ, ‘दुई ठूला कम्युनिस्ट पार्टीबीच चुनावी तालमेल गरी चुनावमा गएको हुनाले करिब दुई तिहाइ बहुमतको सरकार बनाउने अवसर प्राप्त भएको थियो। त्यस अवसरलाई देश विकासको महाअभियान सञ्चालन गरी समाजवादका आधार निर्माण गर्ने अवसरका रूपमा प्रयोग गर्नुपर्दथ्यो। तर, उक्त जनमतका आधारमा प्रधानमन्त्री बनेका केपी ओलीले जनताको अपेक्षा र पार्टी नीतिअनुसार कुनै पनि काम गरेनन्।’

    ओलीले निर्वाचनमा प्राप्त सफलताको सम्पूर्ण श्रेय आफुले लिने, निर्वाचनबाट उनले सम्पूर्ण अधिकार एक जना व्यक्ति अर्थात् आफुमा मात्र रहेको ठान्न थालेको आरोप लगाइएको छ। तर, आफहरूले पार्टी नीति र जनअपेक्षाअनुसार सरकार सञ्चालन गर्न बारम्बार आग्रह गर्दा पनि नसुनेर उल्टो तरिकाले चल्ने काम ओलीबाट भयो।

    नेपाली कम्युनिस्ट आन्दोलनको एउटा नयाँ मोड र चरणमा प्रवेश गरेको उल्लेख गर्दै एकीकृत समाजवादीले अहिलेको नयाँ चरणमा नेपाल कम्युनिस्ट पार्टीलाई नयाँ ढंगले पुनर्गठन गरेर नेपालको कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिका उपलब्धिको रक्षा गर्दै अझ अगाडि बढाउनुपर्ने दायित्व आपूmहरूको काँधमा आएको निष्कर्षमा पुगेको छ।आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार