Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मेसीले मैदानमा झोक्किँदै भने– ‘विश्वले यो तमासा हेरिरहेको छ’

एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटअन्तर्गत ब्राजिल र अर्जेन्टिनाको खेल रद्ध भएको छ। अर्जेन्टिनाका खेलाडीले ब्राजिल सरकारको कोरोनासम्बन्धी नियमलाई पालना नगरेको भन्दै स्वास्थ्य प्रतिनिधिहरुले अवरोध गरेपछि खेल रोकिएको हो।

खेल शुरु भएपछि मैदानमा एक प्रकारको अनौठो दृश्य देखियो। स्वास्थ्य प्रतिनिधिका अवरोध बाबजुद खेल शुरु भएको थियो। तर खेल शुरु भएको ६ मिनेटपछि उनीहरु मैदानमा नै प्रवेश गरेका थिए। र खेललाई अघि बढ्न थिएनन्।

त्यसपछि स्वास्थ्य प्रतिनिधि र अर्जेन्टिनाका खेलाडीहरुबीच सवालजवाफ भयो। दुबै देशका प्रशिक्षकहरु छलफल जुटेका थिए। खेलाडीहरु पनि आ–आफ्नै किसिमको छलफलमा देखिए।

मैदानमा यो अवस्था विश्वले देखिरहेकामा अर्जेन्टिनाका कप्तान लियोनल मेसी जानकार थिए। अन्तिम समयमा खेल अवरुद्ध भएपछि मेसी रिसाएजस्तो देखिन्थे। एक समूहमा रहेका उनले विभिन्न प्रश्नहरु गरिरहेका थिए।

‘हामी तीनदेखि यहाँ छौं,’ सामूहिक छलफलमा मेसी झोक्किए। ‘उनीहरु (स्वास्थ्य प्रतिनिधि) हरु खेल शुरु होस् भनेर पर्खिरहेका थिए ? खेल शुरु हुनुभन्दा अघि वा होटलमा रहँदा यसबारे किन चेतावनी दिइएन ?’ मेसीले प्रश्न गरे।

‘उनीहरुले यसबारेमा पहिल्यै व्याख्या गर्नुपर्थ्यो। यो समाधान भइसक्थ्यो। अहिले विश्व नै हेरिरहेको छ,’ उनले भने। इंग्लिस प्रिमियर लिगका खेलाडीहरु अर्जेन्टिनाको टोलीमा परेपछि ब्राजिलियन स्वास्थ्य प्रतिनिधिले खेललाई अवरुद्ध गराएका थिए।

बेलायतबाट ब्राजिल जाने व्यक्तिले खनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम छ। तर अर्जेन्टिनी खेलाडी इमिलियनो मार्टिनेज, क्रिस्टियन रोमेरो, जिओ लो सेल्सो र इमिलियनो बुन्डिया टोलीमा सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077