Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अज्ञात समूहद्वारा संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको विभत्स हत्या

संखुवासभा ।  जिल्लाको मादी नगरपालिका-१, खोला गाउँका एकै परिवारका ६ जनाको गएराति हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी लालध्वज सुवेदीका अनुसार स्थानीय तेजबहादुर कार्कीको घरमा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् ।

परिवारका ५८ वर्षीया तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वता कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दिपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको डीएसपी सुबेदीले बताए।

कार्कीको परिवारमा  सोमबार बिहान परिवारका कोही सदस्य पनि नउठेपछि छिमेकीले प्रहरीलाई खबर गरेर जानकारी दिएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार घटनाको थप विवरण बुझ्नका लागि डीएसपी सुवेदीसहितको प्रहरी टोली घटनास्थलतर्फ लागेको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट ६ घण्टा टाढा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077