Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रोल्पामा घरमाथिको पहिरोले सुतिरहेका हजुरआमा र नातीको ज्यान लियो, दुई घाइते

    रोल्पामा घरमाथिको पहिरोले सुतिरहेका हजुरआमा र नातीको ज्यान लियो, दुई घाइते

    अनलाइन नेपाल
  • सोमबार, २१ भाद्र २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    रोल्पा । सदरमुकाम लिबाङदेखि करिब २० किलोमिटर उत्तरमा रहेको रोल्पा नगरपालिका -१० धबाङमा घरमाथिबाट पहिरो खस्दा दुईजनाको मृत्यु भएको छ ।

    सोमबार बिहान २ बजेतिर खसेको पहिरोले घर पुरिदा गाम्दा गाउँका ६७ वर्षीया गौसरी थापा र छोरीतर्फका ६ वर्षीय नाती हिमाल रोकाको मृत्यु भएको रोल्पा नगरपालिका-८ धबाङका वडा सदस्य शेरबहादुर थापाले जानकारी दिए।



    थापाका अनुसार पहिरोले घर भत्किदा घरभित्रै सुतिरहेका दुईजनाको मृत्यु भएको थियो भने दुईजना घरभित्रै च्यापिएका थिए । मृतक गौसरीका छोरी भिमकुमारी थापा र ज्वाई मनबहादुर रोका घाइते भएका छन् ।



    दुर्घटनाको खबर पाएपछि सदरमुकाम लिबाङबाट प्रहरी टोली घटनास्थल गएको छ । गाउँलेको सहयोगमा मृतकको शव निकालिएको र राति नै घाइतेको उद्धार गरिएको आफन्त शेरबहादुरले जनाए ।

    घाइतेलाई उपाचारका लागि नजिकैको रेउघा अस्पताल पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार