Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाबुले आफ्नै छोरी बलात्कार गरे, पिताको कर्तुत थाहा पाएपछि छोराले गरे आत्महत्या

एजेन्सी । भारतको राजस्थानस्थित जालोरमा एक नाबालिक युवतीले आफूलाई आफ्नै बुबाले बलात्कार गरेको बताएपछि उनका दाजुले आत्महत्या गरेका छन् ।

समाचार एजेन्सी  इण्डिया टुडेका अनुसार पीडित नाबालिक किशोरीले आफ्नी सानीआमालाई पिताको ज्यादतीको बारेमा बताइरहेकी थिइन् । यो अडियो क्लिप पीडित बालिकाका दाजुले सुने र आत्महत्या गरे । पीडितका दाजुले सांचौरमा नर्मदा नहरमा हाम्फालेर आत्महत्या गरेका हुन् ।

पुलिसका अनुसार शनिबार ३२ मिनेटको अडियो क्लिप भाइरल भएपछि यस विषयमा जाँच सुरु गरिएको छ। पुलिसको टिम आरोपीलाई गिरफ्तार गर्न जाँदा बाबु फरार भएका छन् । पुलिसले उनको खोजी गरिरहेको बताएको छ । पीडित किशोरीको बयान रेकर्ड गरिएको छ ।

पीडितले पुलिसलाई दिएको बयान र अडियो क्लिपमा रेकर्ड गरिएको बयानका अनुसार एक पटक उनलाई मोवाइल किनिदिने भन्दै उनका पिताले कारमा लिएर गएका थिए र त्यही क्रममा बलात्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077