Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमसीसीको विरोधमा वैद्यनिकट विद्यार्थी संगठनको प्रदर्शन, अध्यक्षसहितका नेताहरु गिरफ्तार

काठमाडौं । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कोविरुद्धमा अमेरिकी दूतावास अगाडि प्रदर्शन गरिएको छ ।

सोमबार मोहन वैद्य नेतृत्वको माओवादी निकट विद्यार्थी संगठनले एमसीसी) कोविरुद्धमा प्रदर्शन गरेको हो। यसअघि गत शुक्रबार पनि केही युवाहरुले एमसीसीको विरुद्धमा प्रदर्शन गरेका थिए।

आजको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीहरुलाई गिरफ्तार गरेको छ। प्रहरीले संगठनका अध्यक्ष हरिकृष्ण गजुरेल, महासचिव पेशल दाहाल, काठमाडौं जिल्ला सहसचिव मीनप्रसाद गिरीलगायतका नेताहरुलाई पक्राउ गरेको हो ।

एमसीसीकी उपाध्यक्ष फातिमा जेड सुमार केही दिनपछि नेपाल आउदै छिन् । उनी नेपाल आउने तय भएसँगै विभिन्न टिका टिप्पणीहरु शुरु भएपछि प्रदर्शन हुँदै आइरहेको छ ।

[insert page='83807' display='yopanipadhnuhos.php']

[insert page='84291' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077