Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस महाधिवेशन : प्रदेश २ को सभापतिमा उम्मेदवारी दिने यादवको घोषणा (भिडियोसहित)

रामनारायण यादव / सप्तरी । नेपाली कांग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवले आसन्न १४ औं महाधिवेशनमा प्रदेश २ को सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सोमबार सदरमुकाम राजविराजस्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन गरी यादवले प्रदेश २ को सभापतिमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् ।

उनले भने जिल्ला सभापतिमा दास्रो पटक सभापति भई सकेका र तेस्रो पटक विधानमै व्यवस्था नरहेकोले प्रदेश २ को सभापतिमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् ।

उनी सभापति शेरबहादुर देउवा निकटका नेता हुन् । कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिरसम्म गर्ने तय भएको छ ।

हेर्नुहोस् भिडियो :

[video width="640" height="368" mp4="https://media.sobizcdn.com/onlinenepal.com/media-file/images/2021/09/video-1630919891.mp4"][/video]

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077