Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मैत्रीपूर्ण फुटबल खेलका लागि बङ्गलादेशी टोली नेपालमा

काठमाडौँ। नेपालसँगको मैत्रीपूर्ण खेल खेल्नका लागि बङ्गलादेशको राष्ट्रिय महिला फुटबल टोली आज नेपाल आइपुगेको छ ।

यही भदौ २४ र २७ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशी महिला फुटबल टोली नेपाल आइपुगेको हो । टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का उपाध्यक्ष शिक्षित पराजुली, एन्फा महिला कमिटिका पदाधिकारीलगायतले स्वागत गरेका थिए । उक्त मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।

उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । एशियन कप छनोटमा नेपाल समूह एफमा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ छन् । नेपालले फिलिपिन्ससँग खेल्दै एशियन कप छनोटको सुरुवात गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल आगामी असोज २ गते हुनेछ ।

यस्तै नेपालले आफ्नो दोस्रो खेल असोज ५ गते हङकङसँग सामना गर्नेछ भने फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एशियन कप खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077