Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नेपालनिकट जनवर्गीय संगठनहरुले भने, ‘एमसीसीको घोर विरोध गरौं’

काठमाडौं । सरकारले एमसीसी सम्झौता अघि बढाउने तयारी गरेपछि विभिन्न संघ संगठनहरुले विरोध गर्न आह्वान गरिरहेका छन्। सोमबार नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका जनवर्गीय संगठनहरुले एमसीसी सम्झौताको घोर विरोध गर्न आह्वान गरेका छन्।

सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले एमसीसी सम्झौता पारित गर्ने उद्देश्यले संसद अधिवेशन आह्वान गरेको र एमसीसी आयोजनाका उपाध्यक्ष फतेमा सुमारको हुने भनिएको नेपाल भ्रमणले थप सशंकित बनाएको भन्दै यसको जमेर विरोध गर्ने आग्रह गरिएको हो।

‘त्यसैले हामी नेकपा (एकीकृत समाजवादी) निकट जनवर्गीय संगठनहरुको आज बसेको बैठकले एमसीसी पारित गर्न नहुने निष्कर्ष निकाल्दै देशको वर्तमान तरल राजनीतिक परिस्थिति, कोभिड महामारीबाट जनताहरु प्रताडित भएको अवस्था तथा देशभर बाढी, पहिरो लगायतका प्रकोपबाट जनधनको क्षति भइरहेको यस विषय परिस्थितिमा देशी विदेशी प्रतिक्रियावादी र साम्राज्यवादीहरुबाट हुन सक्ने षड्यन्त्रप्रति सजग हुन सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

यसरी संयुक्त विज्ञप्ति जारी गर्नेमा अखिल नेपाल महिला संघकी अध्यक्ष जयन्ती राई, अखिल नेपाल किसान महासंघका महासचिव बलराम बास्कोटा, पेसागत महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेल, मानव अधिकार एलाइन्सका संयोजक उषा पोखरेल, नेपाल ट्रेड युनियन महासंघका विष्णु लम्साल, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली र युवा संघ नेपालका वरिष्ठ उपाध्यक्ष कान्ती बुर्लाकोटी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077