Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपालले मंगलबार पपुवा न्युगिनीसँग ओडिआई खेल खेल्दै (अन्य खेल तालिकासहित)

काठमाडौं । नेपाली क्रिकेट टोलीले मंगलबार पपुवा न्युगिनीसँग एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा अल अमरेत क्रिकेट मैदान ओमानमा सुरु हुनेछ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्नुअघि नेपालले पपुवा न्युगिनीसँग खेल्न लागेको हो। नेपालले अन्तिम पटक २०७६ माघ २९ मा अमेरिकालाई ३५ रनमा अलआउट गर्दै ओडिआई इतिहासकै सर्वाधिक कम योगफलको कीर्तिमान बराबर गरेको थियो

त्यसपछि नेपालले ओडिआई खेल खेलेको छैन। नेपाल १९ महिनापछि ओडीआई क्रिकेट खेल्दैछ। त्यस्तै, नेपालले चार महिनापछि अन्तर्राष्ट्रिय खेल खेल्दैछ। कोरोना कारण सिरिजहरु स्थगित हुँदै आएका थिए।

२०१८ मार्चमा पहिलो पटक ओडिआई मान्यता पाएको नेपालले हालसम्म १० खेल खेलेको छ। तीमध्ये ५ खेलमा जित निकालेको छ भने ५ खेलमा हार बेहोरेको छ।
नेपालले मंगलबार पिएनजी पहिलो ओडिआई खेलेपछि बिहीबार उसैसँग दोस्रो ओडीआई खेल्नेछ।

लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा भदौ २८ गते अमेरिकासँग खेल्नेछ। भदौ २९ गते ओमानसँग खेल्ने तालिका छ। त्यस्तै असोज १ गते पुनः अमेरिका र असोज ३ गते पुनः ओमानसँग खेल्नेछ।लिग २ का सबै खेलहरु दिउँसो ४ः१५ बजे शुरु हुनेछ। लिग २ का सबै खेलहरु दिउँसो ४ः१५ बजे शुरु हुनेछ।

नेपाली टोली

ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र रोहित कुमार पौडेल।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077