Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

धादिङको बेनीघाटमा पहिरो : मुग्लिन–नौबिसे सडक अवरुद्ध

काठमाडौं । पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ। पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो।

अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिए। पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077