Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • पञ्जशीरमा पाकिस्तानको ड्रोन हमला ! पाकिस्तानी सेनाले दिए यस्तो जवाफ

    पञ्जशीरमा पाकिस्तानको ड्रोन हमला ! पाकिस्तानी सेनाले दिए यस्तो जवाफ

    अनलाइन नेपाल
  • मंगलबार, २२ भाद्र २०७८
  • 3.4K
    SHARES

    एजेन्सी । पाकिस्तानी सेनाले पञ्जशिरको युद्धमा तालिबानलाई सहयोग गरेको आरोपमा स्पष्टीकरण जारी गरेको छ। उसले अफगानिस्तानमा के भइरहेको छ त्यससँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएको छ।

    पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल बाबर इफ्तिखारले भने, ‘अफगानिस्तानभित्र के भईरहेको छ, चाहे पञ्जशिर होस् वा अन्यत्र कहीँ त्यसको पाकिस्तानसँग कुनै सम्बन्ध छैन।’



    बाबर इफ्तिखारलाई पञ्जशीरमा पाकिस्तानको भूमिका बारेमा सोशल मिडियामा धेरै अफवाहहरु चलिरहेको छ, तपाई यसबारे के भन्नुहुन्छ भनेर प्रश्न गरिएको थियो। जसमा उनले आफूहरुको कुनै भूमिका नरहेको स्पष्ट पारे।



    सामाजिक सञ्जालमा धेरै मानिसहरूले पञ्जशीरको युद्धमा पाकिस्तानको संलग्नता भएको दाबी गरेका थिए। अफगानिस्तानका एक पत्रकार ताजुद्दीन सरोशले ट्वीटमा पञ्जशीरका गभर्नर कमलाउद्दीन निजामीले पाकिस्तानले ड्रोनबाट अफगानिस्तानको पञ्जशीरमा बमबारी गरेको जानकारी दिएको उल्लेख गरेका छन्।

    तर, पाकिस्तानी सेनाका प्रवक्ताले यसलाई अफवाहको संज्ञा दिँदै यो भारतको पूर्ण झुट र तर्कहीन प्रचार भएको बताए। उनले पाकिस्तानसँग लामो दूरीको ड्रोन हमला गर्ने टेक्नोलोजी नभएको पनि जानकारी दिए।

    के पाकिस्तानसँग लामो दूरीको ड्रोन हमला गर्ने प्रविधि छ ?

    बीबीसीले पाकिस्तानको ड्रोन क्षमताको बारेमा अनुसन्धान गरेको छ। उसले पाकिस्तानले पञ्जशीरमा यस्तो कुनै कारबाही गर्ने क्षमता छ कि छैन भनेर बुझ्ने कोशिस गरेको छ। पाकिस्तानले पहिलो पटक मार्च २०१५ मा सेनाले ड्रोन प्रयोग गरी आतंकवादीमाथि हमला गरेको घोषणा गरेको थियो।

    पाकिस्तानले बनाएको ड्रोन बुरक र त्यससँग जोडिएको एयर–टु–सरफेस लेजर गाइडेड मिसाइल बुर्क शावल उपत्यकामा तालिबानको अड्डामा लक्षित थियो। त्यसबेलाका सैन्य अधिकारीहरूले बुर्क र बुराकले खैबर एजेन्सीको उपत्यकामा युद्धको लहरलाई सफलतापूर्वक परिवर्तन गरेका थिए।

    शावल उपत्यकाको पहिलो कारबाहीमा तीन उच्च प्रोफाइल आतंकवादी मारिएका थिए। त्यस कारबाहीपछि पाकिस्तान युद्ध उद्देश्यका लागि ड्रोन टेक्नोलोजी भएको विश्वको पाँचौं देश बन्न पुगेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार