Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमाले र जसपाका प्रतिनिधिहरुलाई दल रोज्न आज अन्तिम दिन

काठमाडौं । विभाजित दल रोज्नका लागि निर्वाचन आयोगले जनप्रतिनिधिहरुलाई उपलब्ध गराइएको समय आज  सकिँदैछ।

सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेसँगै नेकपा एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी(जसपा)बाट लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) आयोगमा दर्ता भएका थिए।

आयोगले गत भदौं ९ गते एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई दर्ताको प्रमाणपत्र दिएको थियो।

यससँगै विभाजित दलमा जान चाहनेहरुका लागि आयोगले २१ दिनको समय उपलब्ध गराइएको थियो, जसको समय आज सकिँदैछ। आजसम्ममा दल परिवर्तन गर्ने जनप्रतिनिधिको पद गुम्ने छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077