Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • नेपाल भर्सेज पिएनजी : दोस्रो ओभरमै नेपाललाई सफलता, विक्रमले हात पारे करिअरको पहिलो बलमै विकेट

    नेपाल भर्सेज पिएनजी : दोस्रो ओभरमै नेपाललाई सफलता, विक्रमले हात पारे करिअरको पहिलो बलमै विकेट

    अनलाइन नेपाल
  • मंगलबार, २२ भाद्र २०७८
  • 2.6K
    SHARES

    काठमाडौं । पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेलमा नेपाललाई दोस्रो ओभरमै सफलता मिलेको छ ।

    ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको पीएनजीले सुरुमै आफ्नो पहिलो विकेट गुमाउन पुगेको हो। जसमा नेपालका लागि बिक्रम सोबले पहिलो विकेट हात पारेका छन्।



    आजै एकदिवसीय डेब्यू गरेका सोबले आफ्नो एकदिवसीय करिअरकै पहिलो बलमा पिएनजीका टोनी उरालाई १ रनको स्कोरमा बोल्ड आउट गरेका हुन् ।



    आज एकदिवसीय क्रिकेटको पहिलो बलमै विकेट लिएसँगै बिक्रम सोबले एकदिवसीय क्रिकेट इतिहासमा नाम लेखाएका छन् । एकदिवसीय करिअरको पहिलो बलमै विकेट लिने उनी २८ औं क्रिकेटर बनेका छन् ।

    दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग पहिलो खेल खेल्न लागेको हो । दोस्रो खेल भने शुक्रबार हुनेछ ।

    नेपालको टोली : ज्ञानेन्द्र मल्ल(कप्तान) कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), आरिफ शेख, शरद भेषावकर, रोहित कुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, पवन सरार्फ, विक्रम सोब र सन्दीप लामिछाने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार