Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

४ किलो चरेससहित कतार उड्न लागेका व्यक्तिहरु विमानस्थलबाट पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध चरेस बोकेर कतारको दोहा जान लागेका दुईजनालाई विमानस्थल प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा म्याग्दीको मंगला गाउँपालिका–३ घर भएका ३६ वर्षीय श्याम प्रसाद रोका र ३५ बर्षीय वीर बहादुर रोका मगर रहेका छन् ।

प्रहरीका अनुसार सोमबार बिहान विमानस्थलको प्रस्थान कक्षबाट ४ किलो ३५ ग्राम अवैध लागूऔषध ‘चरेस’सहित उनीहरुलाई पक्राउ गरिएको हो।

उनीहरु कतार एअरको उडानमार्फत दोहा जान लागेका थिए । विमानस्थलमा खटिएको प्रहरीले चेकजाँच गर्दा उनीहरुको सुटकेसभित्र चरेश फेला परेको बताइएको छ।

पक्राउ परेका उनीहरुमाथि लागूऔषध ‘चरेस’ मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर लागूऔषध नियन्त्रण ब्यूरोले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077