Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमसीसीको विरोधमा कालो झण्डा देखाउने युवाहरु पक्राउ

काठमाडौँ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बहस विषय बनिरहेको छ। सरकारले एमसीसी सम्झौता अघि बढाउने तयारी गरेपछि बहससँगै विरोध, प्रदर्शनका कार्यक्रम पनि हुन थालेका छन्।

यसै बिषयबारे नेपालको पछिल्लो अवस्था बुझ्न नेपाल आएको एमसिसीकी उपाध्यक्ष फतिमा सुमारको टोलीलाई कालो झण्डा देखाउने चारजनालाई प्रहरीले पक्राउ गरेको छ।

विमानस्थलमा सुमारसहितको टोलीलाई कालो झण्डा प्रदर्शन गर्नेहरू विमानस्थल गेटअगाडिबाट पक्राउ परेका हुन् ।

[insert page='84587' display='yopanipadhnuhos.php']

[insert page='84491' display='yopanipadhnuhos.php']

मंगलबार एमसीसीको विरोधमा एमसिसी खारेज राष्ट्रिय अभियान, मार्क्सवाद अध्ययन समूह, स्वतन्त्र युवा जनसेवक समूह र उन्मुक्त पुस्ताले विमानस्थल गेटअगाडि कालो झण्डासहित प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले ‘रिजेक्ट एमसीसी’, ‘गो ब्याक एमसीसी’ जस्ता नारा लेखिएको प्ले कार्डसहित प्रदर्शन गरेका थिए।

[insert page='84291' display='yopanipadhnuhos.php']

[insert page='84372' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077