Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृह मन्त्रालयलाई पत्रकार महासंघको चुनौती, तत्काल विज्ञप्ति सच्चाउन माग

काठमाडौँ । नेपाल पत्रकार महासंघले गृह मन्त्रालयले जारी गरेको दुई विज्ञप्तिमा विरोध जनाएको छ । मन्त्रालयले गत भदौ १८ र २० गते जारी गरेको विज्ञप्तिमा  महासंघले बिरोध जनाएको हो ।

नेपालको संविधानको मूल मर्म र भावनाविपरीत नागरिकको  स्वतन्त्रता अभिव्यक्तिमाथि निकालिएका उक्त विज्ञप्तिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाईसमेत नियन्त्रण गर्ने उद्देश्य रहेको महासंघको निष्कर्ष छ।

'मित्र राष्ट्रसँगको सम्बन्धको बहानामा सरकारले संविधानले दिएको शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार र अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको कुरामा महासंघ प्रष्ट छ । मित्र राष्ट्रसँगको सम्बन्धको विषयमा के लेख्ने र के नलेख्ने भन्ने कुरामा नेपाली प्रेस गम्भीर छ’, महासंघका अध्यक्ष रोशन पुरीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ।

महासंघले सो विज्ञप्तिमा प्रेसको संविधानप्रदत्त अधिकारलाई कुण्ठित बनाउने तथा नागरिकको स्वतन्त्रतापूर्वक भेला वा प्रदर्शन गर्न पाउने अधिकारलाई नियन्त्रण गर्ने नियत देखिएकाले तत्काल सच्याउन समेत माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077