Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमसीसीबारे प्रचण्ड भन्छन् - ढुक्क हुनुस्, पास हुँदैन

काठमाडौँ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बहस विषय बनिरहेको छ। सरकारले एमसीसी सम्झौता अघि बढाउने तयारी गरेपछि बहससँगै विरोध, प्रदर्शनका कार्यक्रम पनि हुन थालेका छन्।

यसैबीच एमसीसीबारे पछिल्लो समय मौन बस्दै आएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास नहुने घोषणा गरेका छन् ।

मंगलबार पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सो कुरा बताएका हुन् ।

कार्यक्रममा प्रचण्डले एमसीसी पास नहुने भन्दै कारणमा भने, 'किनभने हामीले यसबारे अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ, त्यसको जवाफ आएन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन।'

अध्यक्ष प्रचण्डले पार्टीको आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनसँगै पार्टीले आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने अवस्था आउने भएकाले त्यसका लागि तयार रहेर बस्न आग्रह समेत वाईसीएलका नेता तथा कार्यकर्तालाई आग्रह गरे।

उक्त बैठकले वाईसीएलको संयोजकमा सुमन देवकोटालाई चयन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077