Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुदूरपश्चिममा एमालेका दुई मन्त्रीले दिए राजीनामा

    सुदूरपश्चिममा एमालेका दुई मन्त्रीले दिए राजीनामा

    अनलाइन नेपाल
  • मंगलबार, २२ भाद्र २०७८
  • 1.4K
    SHARES

    धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका दुई जना मन्त्रीले राजीनामा दिएका छन् ।

    मंगलबार एमाले संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका हुन् ।



    विगतमा माधव नेपाल पक्षमा रहेका शाह र गहतराज पार्टी विभाजनपछि एमालेमै रहेका छन् ।  शाह ५ फागुन २०७४ मा तत्कालीन नेकपा नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भएका थिए ।



    राज्यमन्त्री गहतराज गत जेठमा मात्रै नियुक्त भएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार