Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमसीसीबारे नबोल्न सांसदहरुलाई देउवाको उर्दी

काठमाडौं । नेपालमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बहस विषय बनिरहेको छ। सरकारले एमसीसी सम्झौता अघि बढाउने तयारी गरेपछि बहससँगै विरोध, प्रदर्शनका कार्यक्रम पनि हुन थालेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताबारे नबोल्न सांसदहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले एमसीसी सम्झौता के गर्ने भनेर उठाएको प्रश्नको जवाफमा प्रधानमन्त्री देउवाले अघिल्ला सरकारहरुले पनि कानून बनाएर एमसीसीलाई अघि बढाउँदै आएको बताए ।

जुनसुकै सहयोग प्राप्त गर्दा पनि शर्तहरु लागू हुने भन्दै देउवाले भने,'एमसीसीबारे बुझेकाहरु बोल्नुस्, नबुझेकाहरु नबोल्नुस्, तर, एमसीसीबारे अनावश्यक भ्रम नफैलाउनुस।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077