Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दार्चुला घटना प्रकरण : अध्ययन प्रतिवेदन सदनमा पेस हुने

काठमाडौं । दार्चुला घटना प्रकरणबारे अध्ययन गर्न सरकारले बनाएको समितिको प्रतिवेदन भोलि संसदमा पेस हुने भएको छ । सो प्रतिवेदन भोलिको संसद बैठकमा सरकारकातर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले पेस गर्ने भएका हुन्।

छानबिन समितिले उक्त घटनाको प्रतिवेदनमा भारतीय सशस्त्र प्रहरी बल (एसएसबी)ले तुइन काटिदिँदा जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको निष्कर्ष निकालेको थियो । उक्त प्रतिवेदन भोलिको बैठकमा पेस गर्नेबारे कांग्रेस संसदीय दलको बैठकमा समेत छलफल भएको सचेतक पुस्पा भुसालले जानकारी दिइन् ।

भोलिको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे पार्टीको रणनीति तयार गर्न आज कांग्रेस संसदीय दलको बैठक बसेको थियो।

संसदको बैठक भोलि अपरान्ह ४ बजेका लागि डाकिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077