Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

ठेलाठेलको माहोलपछि रोकिएको ब्राजिल र अर्जेन्टिनाको खेल के हुन्छ ? कसले पाउँछ अंक ?

एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीचको खेल रद्ध भयो। खेल शुरु भएको ६ मिनेटपछि ब्राजिलका स्वास्थ्य प्रतिनिधिहरुले मैदानमा प्रवेश गरी खेल अवरुद्ध गरेका थिए।

त्यसपछि रेफ्रीले खेल रोकेका थिए। खेल रोकिएपछि ती स्वास्थ्य प्रतिनिधि र अर्जेन्टिनाका खेलाडीबीच धकेलाधकेल भएको थियो।अर्जेन्टिनाका खेलाडीले ब्राजिल सरकारको कोरोनासम्बन्धी मापदण्ड पूरा नगरेको भन्दै खेल अवरुद्ध गरिएको थियो।

त्यसको भोलीपल्ट फिफाले औपचारिक वक्तव्य जारी गर्दै यो मैदानमा भएको घटनाबारे पश्चाताप व्यक्त गरेको छ। फिफाले उक्त घटनाबारे विस्तृतरुपमा अनुसन्धान र अध्ययन गरेर थप निर्णय गर्ने उल्लेख गरेको छ।

खेल पुनः खेलाइने वा रद्ध हुने भन्नेबारे निर्णय हुन बाँकी छ। तर यो खेल पुनः हुने स्म्भावना ज्यादै न्यून छ। यस्तो अवस्थामा कुन टोलीले अंक पाउला त ?

खेल जानकारहरु यो खेलमा ब्राजिललाई विजयी घोषित गरिने सम्भावना रहेको बताउँछन्। महामारीका खेला कुनै पनि व्यक्ति अर्को देश जाँदा त्यो देशले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्नेपर्ने तर अर्जेन्टिनाका केही खेलाडीहरुले त्यसो नगरेका कारण ब्राजिलले अंक पाउने उनीहरुको राय छ।

तर अर्जेन्टिनी फुटबल संघले अंक आफूहरुले पाउने दाबी गरेको छ। खेल शुरु भइसकेको अवस्थामा ब्राजिलका स्वास्थ्य प्रतिनिधिले खेल अवरुद्ध गरेका कारण अंक आफूले पाउने दाबी अर्जेन्टिनाले गरेको छ। फिफाले सबै घटनाक्रमको अध्ययनपछि यसबारे निर्णय गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077