Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई देउवाको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको संसद बैठकमा अनिवार्य रुपमा उपस्थित हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै संसदीय दलका नेता देउवाले बुधबारबाट सुरु हुने संघीय संसदको दुवै सदनको बैठकमा अनिवार्य रुपमा उपस्थित हुन् पार्टीका सांसदहरुलाई निर्देशन दिएको पार्टी संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

भुसालका अनुसार आजको बैठकमा विशेषगरी बैठकमा प्रधानमन्त्री देउवाले भोलिको बैठकमा सबै सांसदलाई अनिवार्य उपस्थित भएर प्रभावकारी भूमिकाहरू खेल्न र सबै दलहरूसँग परामर्श गरेर मन्त्रालयलाई शीघ्र पूर्णता दिने बताएका छन्।

यस्तै, पार्टी सभापति समेत रहेका देउवाले सबै दलसँग सम्वाद गरेर एमसीसीलाई पनि अघि बढाउने धारणा राखेको भुसालले बताइन्।

एमसीसीबारे अघिल्ला सरकारहरुले पनि कानुन प्रक्रिया अघि बढाएकाले यसलाई अन्य दलहरूसँग पनि विस्तृत छलफल गरेर अघि बढाउने धारणा प्रधानमन्त्रीले आजको बैठकमा राखेको सचेत भुसालको भनाइ छ।

[insert page='84688' display='yopanipadhnuhos.php']

[insert page='84675' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077