Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गुडिरहेको कारबाट महिलालाई बाहिर फालियो, सिसिटिभीमा भिडियो कैद (भिडियोसहित)

एजेन्सी । भारतको कोयम्बटुर प्रहरीले कोयम्बटुर–चिन्नियामलयम चेक पोस्टको नजिक मंगलबार ५० वर्षीया महिलाको शव बरामद गरेको छ। शव भेटिएपछि प्रहरीले वरिपरको सिसिटिभी फुटेजहरु हेरेको थियो।

सिसिटिभी फुटेजमा महिलालाई एक गुडिरहेको स्कार्पियोबाट बाहिर फालिएको देख्न सकिन्छ। महिलाको पहिचान हालसम्म खुलेको छैन। प्रहरीले घटनामा संलग्न स्कार्पियो र मानिसको खोजीलाई तीव्र बनाएको छ।

प्रहरीले महिलालाई कारबाट जिउँदै फालिएको थियो वा कारबाट फाल्नुअघि नै हत्या गरिएको थियो भनेर अनुसन्धान गरिरहेको बताइएको छ। सिसिटिभी फुटेजका आधारमा कारको नम्बर निकाल्ने प्रयास भइरहेको छ। महिलाको शवलाई पोष्टमार्फटमका लागि पठाएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077