Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

धनुषा प्रशासनका सुब्बा घुसको रकमसहित पक्राउ

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय, धनुषामा कार्यरत नायव सुब्बा उमेशकुमार चौधरीलाई घुसको रकमसहित पक्राउ गरेको छ।

अख्तियारका अनुसार पक्राउ परेका नासु चौधरीले सेवाग्राहीसँग नागरिकताको प्रतिलिपि बनाउनको लागि बिभिन्न बहानामा आठ हजार पाँच सय घुसको रकम लिएका थिए।

चौधरीले उक्त घुस रकम लिएको भन्दै आयोगमा उजुरी परेपछि आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले उनलाई जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित लड्डु गोपाल स्वीट्स एण्ड स्न्याक्स पसलबाट मंगलबार पक्राउ गरेको हो।

पक्राउ परेका चौधरीमाथि थप आवश्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077