Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • अफगानिस्तानमा आफैँमाथि आक्रमण गर्ने नै नयाँ सरकारको प्रमुख बनेपछि अमेरिका तनाबमा

    अफगानिस्तानमा आफैँमाथि आक्रमण गर्ने नै नयाँ सरकारको प्रमुख बनेपछि अमेरिका तनाबमा

    अनलाइन नेपाल
  • बुधबार, २३ भाद्र २०७८
  • 2K
    SHARES

    एजेन्सी । अफगानिस्तानमा तालिबानको नयाँ सरकारमा अमेरिकी फौजमाथि भएका आक्रमणसँग सम्बन्धित व्यक्तिहरू भएको भन्दै अमेरिकाले चिन्ता व्यक्त गरेको छ।

    अमेरिकी विदेश मन्त्रालयले मङ्गलवारको घोषणालाई अध्ययन गरिरहेको बताएको छ।



    संयुक्त राष्ट्रसङ्घको कालोसूचीमा रहेका मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुनेछन् भने अमेरिकी एफबीआईको सूचीमा भएका हक्कानी सञ्जालका प्रमुख सराजुद्दिन हक्कानी आन्तरिक मामिलामन्त्री हुनेछन्।



    तालिबानले अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तीन सातापछि सरकार घोषणा गरेको हो।

    अमेरिकी सांसद लिन्डसे ग्राहमले नयाँ सरकारलाई ‘ठग र कसाईहरूको समूह’ भनेका छन्। ग्राहम राष्ट्रपति जो बाइडनको अफगानिस्तान छोड्ने निर्णयको आलोचना गर्ने वरिष्ठ रिपब्लिकन सांसदहरूमध्ये एक हुन्।

    अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘घोषणा गरिएका नामहरू तालिबानका सदस्य वा तिनको नजिकका सहयोगी भएका र महिला नभएको हामीले देखेका छौँ।’

    ‘हामी केही व्यक्तिको इतिहास र संलग्नताका कारण चिन्तित छौँ।’विज्ञप्तिमा अमेरिकीले तालिबानलाई “भनाइका हिसाबले नभई कामका हिसाबमा” मूल्याङ्कन गर्ने बताएको छ।

    उसले विदेशी नागरिक र यात्रा कागजात भएका अफगान नागरिकलाई सुरक्षित मार्ग दिने र अफगानिस्तानबाट हवाई उडानहरू गर्न दिने प्रतिबद्धताहरूमा तालिबानलाई कायम राख्न खोज्ने बताएको छ।

    ‘हामी तालिबानले अफगान भूमिलाई कुनै पनि देशलाई खतरा हुने काममा प्रयोग गर्न नदिने तालिबानप्रतिको स्पष्ट अपेक्षा पनि दोहर्‍याउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ। बीबीसी नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार