Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमसीसीको प्रयोगमा गठबन्धन तोड्ने षडयन्त्र भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को प्रयोग गरेर देशभित्र र बाहिरबाट गठबन्धन फुटाउने काम भइरहेको बताएका छन् ।

बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरेश वाग्ले बासु र भीमसेन पोखरेल वैरागीको २२ औं स्मृतिमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको दाबी गरे ।

देशभित्रबाट पनि र देश बाहिरबाट पनि गठबन्धन तोड्ने षडयन्त्र भइरहेको बताउँदै उनले गठबन्धन जोगाउन र देशलाई क्षति नहुने गरी एमसीसीको समाधान गर्ने जानकारी दिए ।

उनले भने, ‘यो गठबन्धन तोड्ने षडयन्त्र पनि भइरहेको छ, देशभित्रबाट पनि देश बाहिरबाट पनि । एमसीसी प्रयोग गरेर यसलाई फुटाउन सकिन्छ कि भनेर एकथरि लागिरहेका छन् ।’

यस्तै,  अध्यक्ष प्रचण्डले आफूले पार्टीलाई रुपान्तरण गरेर क्रान्तिकारी पार्टी बनाउन चाहँदा नेता तथा कार्यकर्ताले त्यस्तो हुन नचाहेकाे भन्दै पार्टी विघटनको प्रस्ताव अघि सारेका छन्।

‘एमालेजस्तै हुने हो भने त यो पार्टीको आवश्यकता र औचित्य नै के रह्यो र’ ? प्रचण्डले कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्तालाई प्रश्न गरे । ‘बरू त्यो भन्दा राम्रो त यस्तो पार्टीलाई विघटन गर्दा हुन्छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077