Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद चल्न नदिने केपी ओलीको घोषणा

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले माधवकुमार नेपालसहित पार्टीको कारबाहीमा परेका १४ जना सांसद संघीय संसदको बैठकमा उपस्थित भएमा बैठक चल्न नदिने घोषणा गरेको छ ।

बुधबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै दलका नेता केपी शर्मा ओलीले पार्टीले कारवाही गरेका नेपालसहित १४ सांसद सहभागी भए सदनको क्रियाकलाप अगाडि बढाउन नदिने बताए।

'आज राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाए लगत्तै ...’ संसदीय दलको बैठकमा ओलीले भने, ‘हामी गम्भीर राजनीतिक लडाइमा छौँ ।’

एमालेले संसद बैठकको प्रारम्भमा सभामुखलाई राष्ट्रपतिले संसद बैठक प्रारम्भ भएको पत्र बाचन गर्न दिने र त्यसपछिका कार्यसूचीमा प्रवेश गर्न नदिई सदन अवरुद्ध गर्ने तयारी गरेको बताइएको छ।

अध्यक्ष ओलीले राष्ट्रपतिको पत्र पढेर सुनाए लगत्तै संसद चल्न नदिन आफ्ना सांसदहरुलाई निर्देशन दिइसकेको स्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077