Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

स्रोत नखुलेको ११ लाखसहित भारतीय नागरिक पक्राउ 

काठमाडौं। प्रहरीले स्रोत नखुलेको ११ लाखसहित एक जना भारतीय नागरिकलाई  पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भारत पश्चिम बंगाल हाउडा घर बताउने १९ वर्षीय शोविक आदक रहेका छन्। उनलाई चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ४४५० नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनले झोलामा लुकाइ ल्याएको स्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077