Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सिंहदरबारमा सत्ता गठबन्धनको छलफल, संसद बैठकका लागि साझा रणनीति बनाइदै

काठमाडौँ । संघीय संसदको बैठकअघि सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार दिउँसो ३ बजेका लागि सत्तारुढ गठबन्धनको बैठक बोलाइएको गठबन्धनका एक नेताले बताए। ती नेताका अनुसार आजको बैठकमा सत्तारुढ दलको तर्फबाट संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे साझा रणनीति बनाइने छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतका नेताहरुको सहभागिता रहनेछ ।

संसद बैठक आज दिउँसो ४ बजे संसद बस्दैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077