Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पार्टीको नाराबाजी र हो-हल्लापछि बल्ल संसदमा पुगे ओली

काठमाडौँ । प्रतिनिधिसभाको नवौं अधिवेशनअन्तर्गत पहिलो बैठक १५ मिनटका लागि स्थगित भएको छ ।

एमाले सांसदहरूले  नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । बैठकको सुरुमै बोलेका नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले  एमालेले कारवाही गरेका सांसद किन बचाएको र एमाले टुक्रयाउन किन भूमिका निर्वाह गरेको भनेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रश्न गरेका थिए।

जवाफमा सभामुख सापकोटाले प्रचलित कानुनको आधारमा आफूले निर्णय लिएको बताए । उनले संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाका सवालमा संघीय संसदको कुनै सदनमा छलफल गर्न वञ्चित गरेको पनि प्रस्ट पारे ।

बैठक स्थगित भएपछि प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी ओली संसद भवन पुगेका छन् । अहिले सभामुख र एमाले संसदीय दलका प्रमुख सचेतकलगायतबीच छलफल सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077