Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • ‘केपीका सन्तानहरुले संसदको रोष्टम घेरे’

    ‘केपीका सन्तानहरुले संसदको रोष्टम घेरे’

    अनलाइन नेपाल
  • बुधबार, २३ भाद्र २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले एमाले अध्यक्ष केपी ओलीका सन्तानले संसदको रोष्टम घेरेको आरोप लगाएका छन् । बुधबार एमाले सांसदहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेपछि सामाजिक सञ्जालमार्फत नेता चौधरीलेयस्तो आरोप लगाएका हुन्।

    सामाजिक सञ्जालमा उनले लेखेका छन्,



    ‘हेर्दाहेर्दै ! प्रदेशमा मुख्यमन्त्री भएका व्यक्तिहरु सांसद हटाउनको लागि सदनमा नाराबाजी गर्ने र संघमा केपीका सन्तानहरू प्रतिनिधिसभामा अरू दलका सांसद हटाउनका लागि रोस्टम घेरिरहेका छन् । हेर्दाहेर्दै ! बालुवाटार हुँदै बालकोट भएर रोष्टम अगाडि पुगेर जुलुस गर्ने ठाँउमा पो पुग्न भ्याएछन् ! यहि पारा हो भने बा भन्ने छोराछोरीहरू आफ्नै घरका सन्तानहरूका राजीनामा माग्न बेर लाउँदैनन् । अबोध सन्तानहरू कम्तिमा भएको बिबेक त प्रयोग गर्नुस् ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार