Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सभामुखलाई टेरेनन् एमाले सांसदहरुले, दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित

काठमाडौं। प्रतिनिधिसभाको दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित भएको छ। यसअघि पनि ,१५मिनेटका लागि स्थगित भएको थियो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको नाराबाजीका कारण सभामुख अग्नि सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

बैठकको सुरुमै बोलेका नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमालेले कारवाही गरेका सांसद किन बचाएको र एमाले टुक्रयाउन किन भूमिका निर्वाह गरेको भनेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रश्न गरेका थिए।

जवाफमा सभामुख सापकोटाले प्रचलित कानुनको आधारमा आफूले निर्णय लिएको बताए । उनले संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाका सवालमा संघीय संसदको कुनै सदनमा छलफल गर्न वञ्चित गरेको पनि प्रस्ट पारे ।

सभामुख सापकोटाले एमाले सांसदहरुलाई तपाइहरुको माग सुनुवाइ भइसक्यो बैठक संचालन गर्ने माहोल सिर्जना गर्दिनुहोस भनेर पटक पटक आग्रह गरेपनि उनीहरुले अटेर गर्दै संसद र सभामुख विरुद्द नाराबाजी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077