Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विश्वका ५ शक्तिराष्ट्रको समूह ‘ब्रिक्स’ को १३ औं सम्मेलन : अफगानिस्तान छलफलको केन्द्रमा

काठमाडौँ — बिहीबार १३औं शिखर सम्मेलनले बिहीबार आयोजना हुँदैछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा हुने उक्त सम्मेलनमा अफगानिस्तानको वर्तमान अवस्थाबारे चर्चा हुने अनुमान गरिएको छ।

भर्चुअल रूपमा आयोजित हुने सम्मेलनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, चीनका राष्ट्रपति सी चिनफिङ, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा र ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो सहभागी हुनेछन्।

‘ब्रिक्स’ विश्वका ५ उदाउँदा शक्तिराष्ट्रको समूह हो। ‘ब्रिक्स’ लाई विश्वकै ५ उदाँउदो अर्थव्यवस्था भएका मुलुलकको समूह मानिन्छ। स्थापना भएको १५ वर्ष पुगेको यस सम्मेलनको विषय ‘ब्रिक्स एट फिप्टिन : इन्ट्रा–ब्रिक्स कोअपरेसन फर कन्टिनुइटी, कन्सोलिडेसन एन्ड कन्सेन्सस’ तय गरिएको छ।

बिहीबारको सम्मेलनमा विश्वको वर्तमान आर्थिक स्थिति, कोभिडको क्षति, बहुपक्षीय प्रणालीमा सुधार, आतंकवादविरुद्धको लडाइँ, विकासको लक्ष्य प्राप्तिका लागि डिजिटल र प्रविधिको उपयोग र अन्तरदेशीय सम्पर्क बढाउने विषयमा छलफल हुने बताइएको छ।

यसअघि सन् २०१६ मा गोवामा आयोजित सम्मेलनमा नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी भएका थिए। सार्क क्षेत्रका बिमस्टेक सदस्य राष्ट्रलाई सम्मेलनमा आमन्त्रित सदस्यका रूपमा सहभागी गराइएको थियो।

उक्त सम्मेलनमा प्रचण्डको प्रभावशाली वार्तालाई धेरैले रुचाएका थिए। उनले चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीसँग गरेको त्रिपक्षीय वार्ताको देशैभर प्रशंसा भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077