Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली काठमाडौंमा

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारको टोली  बिहीबार नेपाल आइपुगेको छ ।

एमसिसीकी उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स चार दिने भ्रमणमा लागि कतार यरवेजबाट बिहीबार बिहान काठमाडौं आइपुगेका हुन् ।

विमानस्थलबाट उनीहरू कमलपोखरीको मेरियट होटलमा गएका छन् । उपाध्यक्ष सुमारले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम छ ।

एमसिसीबारे पछिल्लो समय नेपालमा विरोध प्रर्दशन भइरहेकाले उनीहरूको सुरक्षालाई ध्यानमा राखी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ भने मुख्य चोकहरूमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस भइरहेको बेला उनको यो भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077