Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मातृका आई सेन्टरमा भेटिएको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज

काठमाडौँ । काठमाडौंको पुरानो बानेश्वरनजिकै शंकास्पद वस्तु भेटिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार पुरानो बानेश्वरबाट मैतीदेवी आउने बाटोस्थित मातृका आई सेन्टरको शौचालयमा शंकास्पद वस्तु भेटिएको हो।

अहिले उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको र सेनाको बम डिस्पोजल टोलीले उक्त बस्तुलाई डिस्पोज गरेको एसएसपी सिंहले जानकारी दिए । उक्त बस्तु कसले राख्यो बन्नेबारे अनुसन्धान भइरहेको  एसएसपी सिंहले बताए।

बिहीबार बिहान एमसीसीकी उपाध्यक्ष फातिमा सुमारको टोली काठमाडौँ आइपुगेको छ।

एमसिसीबारे पछिल्लो समय नेपालमा विरोध प्रर्दशन भइरहेकाले उनीहरूको सुरक्षालाई ध्यानमा राखी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीको दाबी छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077