Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमसीसी उपाध्यक्ष फातिमा ओलीलाई भेट्न बालकोट जाँदै

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमारको टोली चारदिने भ्रमणमा आज बिहान काठमाडौँ आइपुगेको छ ।

बिहान काठमाडौं आएको उक्त टोलीले दिउँसो सबैभन्दा पहिले नेपाली नेताहरुमध्ये प्रमुख विपक्षी दल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम तय भएको छ।

ओली र सुमारबीचको भेटवार्ता आज दिउँसो २ बजे बालकोटमा हुने तय भएको ओलीका प्रेस सहयोगी रामशरण बजगाईंले जानकारी दिए।

स्रोतका अनुसार अहिले ओलीसँग भेट्न सुमार नेतृत्वको टोली उनको निवास बालकोट जाँदै छ । ओलीसँगको भेटघाटको निम्ति १ घण्टाको समय छुट्याइएको छ ।आवश्यकताअनुसारका नेता तथा व्यक्तित्वहरुसँगको भेटघाटपछि मात्र सरकारी अधिकारीहरुसँग भेट गर्ने समय तालिकालाई अन्तिम रुप दिइने स्रोतले बताएको छ ।

यस्तै,ओलीसँगको भेटपछि फातिमाले भोलि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ। ‘उपाध्यक्ष फातिमा र प्रधानमन्त्रीज्यूबीच भोलि भेट्ने कार्यक्रम छ’, प्रधानमन्त्री देउवाका प्रेस सहयोगी गोविन्द परियारले भने, ‘तर, समय तय भइसकेको छैन । भोलि भेट्नुहुन्छ । समय भने आज अबेरसम्ममा तय भइसक्छ।’

यसैगरी नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077