Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

बालकोटमा एमसीसी उपाध्यक्षको टोली र ओलीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमारको टोली प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेको छ।

बिहिबार बिहान काठमाडौँ आइपुगेको उक्त टोलीले आफ्नो पहिलो भेटवार्ता पूर्वप्रधानमन्त्री ओलीबाट शुरु गरेको छ ।

स्रोतका अनुसार अहिले ओली निवास बालकोटमा एमाले र एमसीसीका प्रतिनिधिमण्डलबीच छलफल भइरहेको छ ।

छलफलमा एमालेका तर्फबाट स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापालगायत सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077