Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

ओलीलाई भेटेर फर्किएकी फातिमालाई कालो झण्डा देखाउने १५ जना पक्राउ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फर्किएकी एमसीसीकी उपाध्यक्ष फातिमा सुमारलाई कालोझण्डा देखाउन खोज्ने १५ जना पक्राउ परेका छन्।

बिहीबार एमसीसीको विरोधमा रहेका समूहले फातिमाको टोलीलाई बालकोटबाट फर्किने क्रममा कोटेश्वरमा कालोझण्डा देखाउने प्रयास गरेको थियो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा  नेपाल कम्युनिस्ट पार्टीसहित विभिन्न दल र संगठनमा आबद्ध युवाहरु रहेका छन्।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखिएको प्रहरीले जनाएको छ।

पछिल्लो समय संसद्मबाट एमसीसी पास गर्ने वा नगर्ने बहस चलिरहेको बेला उपाध्यक्ष सुमारसहितको टोली नेपाल आएर प्रमुख प्रतिपक्ष दलसँग भेट गर्नुलाई महत्वका साथ हेरिएको छ।

ओलीसँगको भेटपछि अब उनले काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भटटराई, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाललगायतका नेताहरुसँग भेटवार्ता गर्ने कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077