Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कोरोना भाइरस

    ११ हजार ९९४ जनामा परिक्षण गर्दा १,२७१ मा संक्रमण पुष्टि, १४ जनाको मृत्यु

    ११ हजार ९९४ जनामा परिक्षण गर्दा १,२७१ मा संक्रमण पुष्टि, १४ जनाको मृत्यु

    १,८४५ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बिहिबार, २४ भाद्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १ हजार ८४५ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८९८ जनाको पीसीआर परीक्षणमा १ हजार ०५८ र ३ हजार ०४६ को एन्टिजेन परीक्षणमा २१३ जना गरी १ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो ।



    हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ७४ हजार ५८७ जना पुगेको छ ।



    जसमध्ये २६ हजार ८८६ जना होम आइसोलेसनमा र १ हजार ७९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १० हजार ९०३ जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार