Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ब्राजिलसँगको लफडापछि अर्जेन्टिना र बोलिभिया भिड्दै, यस्तो छ हेड टु हेड तथ्याङ्क

एजेन्सी – दक्षिण अमेरिकी फिफा विश्वकप छनोट अन्तर्गतको खेलमा शुक्रबार बिहान अर्जेन्टिना र बोलिभियाबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजे शुरु हुनेछ।

खेल अर्जेन्टिनाको इल मोनुमेन्टल रंगशालामा हुनेछ। हालसम्म यी दुई टोलीबीच ४१ खेलमा प्रतिस्पर्धा भएको छ। तीमध्ये २९ खेलमा अर्जेन्टिना विजयी भएको छ। त्यस्तै ७ खेलमा बोलिभियाले जित निकालेको छ।

त्यस्तै दुई टोलीबीचको ५ खेल बराबरीमा सकिएको छ। पछिल्लोपटक अर्जेन्टिना र बोलिभियाबीच कोपा अमेरिका फुटबल प्रतियोगितामा भेट भएको थियो। त्यसबेला अर्जेन्टिना ४–१ गोलले विजयी भएको थियो।

यसअघि ब्राजिल र अर्जेन्टिनाबीचको खेल रद्ध भएको थियो। अर्जेन्टिनाका खेलाडीका ब्राजिल सरकारको कोरोनासम्बन्धि नियम नमानेका कारण त्यहाँका स्वास्थ्य प्रतिनिधिले खेल अवरुद्ध गरेका थिए। १० टिम रहेको समूहमा ब्राजिल शीर्षस्थानमा रहेको छ। अर्जेन्टिना दोस्रो स्थानमा रहँदा बोलिभिया नवौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077