Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीसँगको वार्तापछि एमसीसी उपाध्यक्ष फतिमाले दिइन् यस्तो प्रतिक्रिया

काठमाडौं – एमसीसीकी उपाध्यक्ष फतिमा सुमार र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। भेटमा उनीहरुबीच एमसीसी सम्झौताबारे छलफल भएको छ।

भेटमा ओलीले हाल नेकपा एमालेले एमसीसीको विषयमा धारणा नबनाएको बताएका छन्। सत्ताधारी दलहरु नै अलमलमा रहेका कारण एमालेले यसबारे आफ्नो धारणा नबनाएको उनले जानकारी गराए।

उक्त भेटवार्तामा सहभागी एमाले विदेश विभागका प्रमुख डा. राजन भट्टराईले भेटमा अध्यक्ष ओलीले सत्तारुढ दलहरुले एमसीसीबारे स्पष्ट धारणा बनाएपछि मात्र आफूहरुले पोजिसन क्लियर गर्ने बताएका थिए।

नेपालको चार दिने भ्रमणमा रहेकी सुमारले आफू फेरि नेपाल आउन पाउँदा खुशी भएको बताएकी छिन्। ओलीसँगको भेटवार्तापछि मिडियाकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएकी हुन्।

‘म फेरि नेपाल आउन पाउँदा निकै खुशी छु,’ उनले भनिन्। तर सुमारले एमसीसीका विषयमा ओलीसँग भएको कुराकानीबारे कुनै प्रतिक्रिया दिइनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077