काठमाडौं – एमसीसी सम्झौताको विषयमा मतभेद भएपछि सत्ता साझेदार पाँच दलीय गठबन्धनको बैठक बसेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार, एमसीसी परियोजनाका साथै, संसदलाई कसरी सशक्त बनाउने भन्ने विषयमा छलफल भएको छ।
बैठकमा सहभागी एक नेताका अनुसार एमसीसी र मन्त्रिपरिषद विस्तारको विषयमा केन्द्रित छलफल निष्कर्षविहीन भएको छ। बैठकले कुनै ठोस निर्णय नगरेको ती नेताले जानकारी दिएका छन्। संसदको गतिरोध अन्त्य गर्ने विषयमा पनि कुराकानी भएको बताइएको छ।
एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीले काठमाडौंमा छ। एमसीसी पास गराउन सक्रिय टोलीले बिहीबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी छन्। भेटमा ओलीले सत्ता साझेदार दलहरुले आफ्ना धारणा सार्वजनिक भएपछि आफूहरुले त्यसबारे बोल्ने बताएका छन्।
सत्ता साझेदार दलहरुबीच एमसीसीको विषयमा एकमत छैन। प्रधानमन्त्री देउवा एमसीसी पास गराउन लागिपरेका छन् भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिना संशोधन पास नगराउने अडानमा छन्। तर एमसीसीले भने सम्झौता संशोधन नहुने स्पष्ट पारेको छ।