Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ब्राजिल र पेरु भिड्दै, हालसम्मको तथ्याङ्कमा को बलियो ?

एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोट खेलमा ब्रनजिल र पेरुबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार शुक्रबार बिहान ६ः१५ बजे शुरु हुनेछ।

ब्राजिल र पेरुबीच हालसम्म ५० खेलमा प्रतिस्पर्धा भएको छ। तीमध्ये ३६ खेल ब्राजिलले जितेको छ। ५ खेलमा पेरुले जित निकालेको छ। दुई टोलीबीचको ९ खेल बराबरीमा सकिएको छ।

ब्राजिल र पेरुबीच पछिल्लोपटक कोपा अमेरिका फुटबल प्रतियोगितामा भेट भएको थियो। यही वर्षको जुलाईमा भएको खेलमा ब्राजिल १–० गोलले विजयी भएको थियो।

ब्राजिलले योभन्दा अघिल्लो खेल खर्जेन्टिनासँग खेल्ने तय भएको थियो। तर खेल शुरुभएको ६ मिनेटपछि रद्ध भएको थियो। अर्जेन्टिनाका खेलाडीले कोरोनासम्बन्धी मापदण्ड पूरा नगरेका कारण त्यहाँका स्वास्थ्य प्रतिनिधिले खेल रोकेका हुन्।

हाल ब्राजिल समूहको शीर्षस्थानमा छ। ७ खेलबाट उसले शतप्रतिशत जितसहित २१ अंक जोडेको छ। दोस्रो स्थानमा अर्जेन्टिना रहेको छ। उसले समान खेलबाट १५ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077