Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

माधव नेपाललाई ‘कन्भिन्स’ गराउन एमसीसी टोलीको साढे १ घण्टे प्रयास

काठमाडौं । एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेको छ।

सिंहदरबारस्थित संसद् सचिवालयमा एमसीसी टोली र नेपालसहितका नेताहरूसँग झन्डै साढे १ घण्टा छलफल भएको छ। छलफलमा टोलीले एमसीसी नेपालका लागि हितकारी भएको भन्दै नेपाललाई कन्भिन्स गराउने प्रयास गरेका छन्।

अध्यक्ष नेपालले जनता र राष्ट्रको हितभन्दा पर गएर कुनै पनि सम्झौता नगर्ने बताएका छन्। उनले एमसीसीबारे आशंका र भ्रम आफूहरुबाट मात्रै नभएर अमेरिकी जिम्मेवार अधिकारीबाट पनि आएको जानकारी गराएका थिए।

एमसीसी नेपाली जनतासँग जोडिएको विषय भएकाले नेपालको हितमा रहेको सुनिश्चित रहेको खण्डमा मात्रै अगाडि बढाउन आफूहरू सहमत हुने जवाफ नेपालले दिएका थिए। टोलीले पनि एमसीसी पास गर्ने दबाब नदिने तर पास गरेमा यसले नेपाललाई फाइदा गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077