Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

१४ वर्षीया बालिकाको दुई दिनसम्म सामूहिक बलात्कार, १६ जना गिरफ्तार

एजेन्सी – महाराष्ट्रको पुणेमा एक १४ वर्षीया बालिकाको दुइदिनसम्म सामूहिक बलात्कार भएको छ। यस घटनामा प्रहरीले १६ जना अभियुक्तहरुलाई पक्राउ गरेको छ। बालिकामाथि अगस्ट ३१ र सेप्टेम्बर १का दिन बलात्कार भएको हो।

यसअघि पुलिसले यस मामिलामा ८ जनालाई गिरफ्तार गरेको थियो। बिहीबार थप ५ जनालाई गिरफ्तार गरिएको छ। घटनामा पुलिसले एक लजमा काम गर्ने दुईजनासहित किशोरीको एक साथीलाई पनि गिरफ्तार गरेको छ।

पुलिसका अनुसार अगस्त ३१ मा यो १४ वर्षीया केटी आफ्नो साथीलाई भेट्न पुणे रेलवे स्टेशन पुगेकी थिइन्। तर उसको साथी त्यहाँ आएनन्। यसैबीच, एक अटो रिक्शा चालकले ती युवतीलाई उसलाई घर छोड्ने बताए। किशोरी रिकशामा बसिन्। उनलार्ई अज्ञात ठाउँमा लगियो।

यस पछि अटो चालकले आफ्ना साथीहरुलाई बोलाएर दुई दिनसम्म ती बालिकालाई विभिन्न ठाउँमा लगी बलात्कार गरेका थिए। पछि उनी युवतीलाई मुम्बईको एउटा बसमा चढाइदिएका थिए।

म्बई पुलिसकी डिप्युटी कमिश्नर नर्मदा पाटिलले एक पत्रकार सम्मेलनमा भनिन्, “बालिकाका बुबाले वानवाडी पुलिस स्टेशनमा बेपत्ता भएको रिपोर्ट दर्ता गराएका थिए। पुलिसले ती युवतीको खोजी गरी उनको बयान रेकर्ड गरेको छ। बयानको आधारमा आइतबार आठ जना अभियुक्तहरु पक्राउ परेका थिए। अदालतले अभियुक्तलाई १० दिनको प्रहरी हिरासतमा राख्ने अनुमति दिएको छ।’

हाल पीडितको उपचार भइरहेको छ र उनको अवस्था स्थिर रहेको बताइएको छ। प्रहरी यस विषयमा थप अनुसन्धानमा जुटेको छ। अभियुक्तको पहिचान गर्ने काम भैरहेको छ। पीडित युवतीले कुनै आरोपीलाई नचिन्ने बताएकी छिन्। आरोपीहरु मध्ये केहि अटो रिक्शा चालकहरु छन् जबकि दुईजना रेलवे कर्मचारीहरु भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077