Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार जित

एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोट खलेलमा अर्जेनि्टनाले शानदार जित निकालेको छ। शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३–० गोलले पराजित गरेको हो।

अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेसीले ह्याट्रिक गरेका छन्। खेलको पहिलो हाफमा एक गोल गरेका मेसीले टोलीका लागि दोस्रो हाफमा ह्याट्रिक पूरा गर्दै जित दिलाए। शुरुवातदेखि नै आक्रामक खेल खेलेको अर्जेन्टिनाले मेसीको गोलमा १४ औं मिनेटमा नै बोलिभियाविरुद्ध अग्रता बनाएको थियो।

खेलको दोस्रो हाफमा पनि अर्जेन्टिनाले उत्कृष्ट शुरुवात गरेको थियो। ६४ औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए। त्यसपछि पनि गोलका लागि लगातार प्रयास गरिरहेका मेसीले ८८ औं मिनेटमा ह्याट्रिक पूरा गर्दै टोलीको शानदार जित पक्का गरे।

जितसँगै अर्जेन्टिनाले तालिकामा ८ खेलबाट १८ अंक जोडेको छ। अर्जेन्टिना समूहको दोस्रो स्थानमा छ। ब्राजिल शीर्षस्थानमा रहेको छ। बोलिभिया ९ खेलबाट ६ अंकका साथ नवौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077