Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रचण्डलाई भेट्न खुमलटार पुगिन् एमसीसी उपाध्यक्ष फातिमा

काठमाडौं । एमसीसी उपाध्यक्ष फातिमा सुमार खुमलटार पुगेकी छिन्। यनी नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेट्न खुमलटार पुगेकी हुन्।

सुमारले प्रचण्डसँग भेटेर उनले एमसीसी पारित हुन वातावरण बनाउन आग्रह गर्नुका साथै प्रचण्डलाई एमसीसीबारे विश्वस्त गराउन प्रयास गर्ने बताइएको छ।

बिहीबार नेपाल आएकी उनले एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवसँग पनि भेट गरेकी थिइन्।

फाथिमाले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ। माओवादी केन्द्रले बिना संशोधन एमसीसी पास नहुने बताउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077