Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पेरुविरुद्ध ब्राजिल विजयी

एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोट अन्तर्गतको खेलमा पेरुविरुद्ध ब्राजिल विजयी भएको छ। शुक्रबार बिहान भएको खेलमा ब्राजिलले पेरुलाई २–० गोलले पराजित गरेको हो।

ब्राजिलको जितमा इभर्टोन रिबेइरो र नेयमार जुनियरले गोल गरेका थिए। शुरुवातलेखि नै खेलमा हाबी भएको ब्राजिलले १४ औं मिनेटमा अग्रता बनाएको थियो। रिबेइरोले गोल गर्दै टोलीलाई अघि बढाएका थिए।

खेलको ४० औं मिनेटमा ब्राजिलले अग्रता दोब्बर बनायो। नेयमारले टोलीको अग्रता दोब्बर बनाएका थिए। पहिलो हाफमा २ गोल गरेको ब्राजिलले दोस्रो हाफमा गोल थप गर्न सकेन। लगातार आक्रामण बुनेपनि गोल नभएपछि खेल २– मा सकिएको हो।

समूहमा ब्राजिलले हालसम्म शतप्रतिशत जीत निकालेको छ। ८ खेलबाट २४ अंक जोडेको ब्राजिल शीर्षस्थानमा छ। अर्जेन्टिनाले ८ खेलबाट १८ अंक जोडेको छ। पेरु ९ खेलबाट ८ अंकका साथ पाँचौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077